हौ कि तिमी जूनकिरी : बालकविता - रचना चौतारी

Breaking

Powered By Blogger

April 11, 2020

हौ कि तिमी जूनकिरी : बालकविता

हौ कि तिमी जूनकिरी : बालकविता

 -रमेशचन्द्र घिमिरे

उज्यालोमा हराउने
अँध्यारोमा आउने
तिमी आ´काे देखेर
सबैजना रमाउने
         के हाै तिमी कुन किरी ?

टललल टल्कने
सुनैसरी झल्कने
छुन पाउँदा तिमीलाई
केटाकेटी पल्कने
         हाै कि तिमी सुनकिरी !

जूनबाट झरेर
जूनकै ज्याेति छरेर
आउँछाै राति-राति
पिलिक-पिलिक गरेर
         रैछाै तिमी जूनकिरी ।

भन्दा होलान् ताराले 
बोली मिठो पाराले
हामीजस्तै छौ भनी 
चिन्छन् पक्कै साराले

ताराकिरी नभनेर 
भन्छन् किन जूनकिरी 
----------
भिडियोको लागि यो लिङ्क  थिच्नुहोला ।

                 - भाेर्लेटार, लमजुङ 
https://youtu.be/OvaO0LEdML4


No comments:

Post a Comment