तारा के.सी. को बालकविता - रचना चौतारी

Breaking

Powered By Blogger

April 11, 2020

तारा के.सी. को बालकविता

फूलबारी   (बालकविता)

        - तारा के.सी


फूलबारीमा फूल सारेँ
 पानी मल हालेँ
बढेका ती झारपात 
उखेलेर फालेँ ।।


लहलह हावासँगै 
फूलका बोट झुल्दा
आहा ! कति राम्रो हेर 
फूलमा रङ्ग खुल्दा ।।

हेरिरहुँ जस्तो लाग्छ 
मेरो फूलबारी
रमाउँछु फूलसँग 
नयाँ बोट सारी ।।

धेरैथरि फुल्छन् फूल 
हेर्दै परे दङ्ग
खेलिरहुँ सधै म त
यिनै फूलसँग ।।

  - काभ्रे (हाल : काठमाडौँ)


No comments:

Post a Comment