सुरज उपाध्यायको बालगीत

सुरज उपाध्याय

बालगीत : भाइरस      

           
ऊ आयो सरकार 
बाहिर नजाऊ नानी 
सुख-दु:ख जे  पाक्छ 
घरमै बसी खानी ।

सरकारले मोबाइलमा
खबर पनि पठायो 
हेर संसारभरि नै 
भाइरसले सतायो ।

दु:ख दिन आएको 
कोरना रे यसको नाम 
भगाउन सरकारले 
गरेको छ चक्काजाम ।

ठूला-ठूला  देशमा 
भएको छ झन् खती 
अझैसम्म यो रोगको 
थाहै छैन ओखती ।

   - स्याङ्जा (हाल : पोखरा)

Post a Comment

1 Comments

  1. सुरज उपाध्यायको बालगीत पनि गज्जबको ।

    ReplyDelete