गङ्गाराम रिजालको झ्याउरे वेदना - रचना चौतारी

Breaking

Powered By Blogger

April 28, 2020

गङ्गाराम रिजालको झ्याउरे वेदना

गङ्गाराम रिजाल

झ्याउरे वेदना

         
हातका मैला सुनका थैला 
के गर्नु धनले ?
घरैमा बसौँ परिवारभित्र 
आनन्दी मनले ।

साथी-भाइ भेट्ने उत्कट हुन्छ 
यो इच्छा जाहेर !
चामल पीठो परिवारसाथ 
बसौँ  है खाएर ।

विश्वमा भयो यो हाहाकार मानव जातिमा ।
यो बज्रपात पर्नाले ठूलो घाउ भयो छातीमा ।

कोरोना आयो बिनासै गर्ने कसरी भगाऊँ ?
मनको घाउ बिसेक पार्ने कुन मलम लगाऊँ ।।

कसैका थिए कलिला मुना सन्तति घरमा !
बाबा र आमा नहुँदा कसका बस्नेछन् भरमा ?

कसैको महल रित्तो भो होला दैव नै लागेर !
यो प्राण धान्न गाह्रो भो अब कहाँ जानु भागेर ?

हावा र बाढी, भूकम्प आई पारि गाउँ गएको !
दैवको पीडा मानवमाथि अति नै भएको ।।

इन्टरनेट् खोल्छु मनभित्रै बोल्छु रोकिन्छ प्रसङ्ग !
दैवको खेल दिनहुँ हेर्दा मन हुन्छ झसङ्ग !!

मुना र मदन बिछोड हुँदा जुन कथा लेखियो !
त्योभन्दा ठूलो मानवको आज वेदना देखियो !!

न्याउलको गीत भयो है आज सुनेर सकिन्न !
यो सारा विश्व हैरान हुँदा आँसु नै रोकिन्न !!

शान्तिको माला गाँसेर बस्नु घर दैलो कुरेर !
आशाको त्यान्द्रो अझै छ भेट्ने अर्को साल घुरेर !!

- खुदुना बारी, झापा (हाल :  अमेरिका)


No comments:

Post a Comment