हरिदेवी कोइरालाको बालगीत

बाबु आज भोकै छ  (बालगीत)     
हरिदेवी कोइराला, पोखरा
 

बाबु आज भोकै छ
बिराली आइछ दूध खाइछ
कुँडे छोप्नै बिर्सेछु
पर्खेस् तँलाई के गर्छु

मुसा मार्न अल्छी छेस्

चोरी खान पल्किछेस्
कस्ती चोर्नी बिराली
बाबुको दूध खाइहाली

मुसा मार्ने तेरो काम

दिम्ला बरु बुबुमाम
खुसुखुसु लुकेर
नखा अब चोरेर ।

       (लेखिका हरिदेवी कोइराला सुप्रसिद्ध लोकगायिका, साहित्यकार  र प्राज्ञसमेत हुनुहुन्छ । प्रस्तुत बालगीत उहाँको `कसका जन्ती आए´ नामक बालगीतसङ्ग्रहबाट साभार गरिएको हो ।)

                 

Post a Comment

0 Comments