बालकविता को खाई नानी को खाई ! - रचना चौतारी

Breaking

Powered By Blogger

April 15, 2020

बालकविता को खाई नानी को खाई !

को खाई नानी को खाई ! (बालकविता)

  - रमेशचन्द्र घिमिरे 

खाए पेट टम्मै
नखाएमा भोकै
को खाई नानी को खाई !
को खाई नानी को खाई !!


मैले यत्ति भनेको 
एक् दुई तीन चार् गनेको
रिसाएर नानीले
धन्नै माम पोखाई
फेरि भन्न काँ छोड्छु
को खाई नानी को खाई !
को खाई नानी को खाई !!

हेर हेर चरीले 
खान्छु भन्दैछ
नखाएमा नानीलाई 
लान्छु भन्दैछ
यो नानीको माम 
खान पाउँदैनस्
मेरो स्यानु नानीलाई
लान पाउँदैनस्
जा जा चरी खान जा
बटुकीको मकै
हेर्दाहेर्दै नानीले
जम्मै भात सकाई

अब भन्नु परेन
को खाई नानी को खाई !
को खाई नानी को खाई !!
  - भोर्लेटार, लमजुङ 
     (२०७७/०१/०३)

No comments:

Post a Comment