नानी पुतली ! (बालकविता) - रचना चौतारी

Breaking

Powered By Blogger

April 15, 2020

नानी पुतली ! (बालकविता)

नानी पुतली !  (बालकविता)

फूलको रस चुसेर
कतै पनि नचली 
बसेकी छे अलक्क
ज्ञानी पुतली !

छिर्केमिर्के बनेर
भएकी छे नक्कली
कैले होली हलक्क
सानी पुतली !

यतै बसिराख्नू है
बनाएर झल्झली
दर्बारमै झलक्क
रानी पुतली !

चन्द्रमाझैँ चम्किली
फूलजस्तै असली
टल्किराख्नू टलक्क
नानी पुतली !
      -भोर्लेटार, लमजुङ
       (२०७७/०१/०२)

No comments:

Post a Comment