बालकविता : तासको घर - रचना चौतारी

Breaking

Powered By Blogger

April 25, 2020

बालकविता : तासको घर

रमेशचन्द्र घिमिरे 

तासको घर

            
`जुवा खेल्ने मान्छेलाई खोरमा लगी थुनेको´
हिजो मैले यो कुरा रेडियोमा सुनेको 

बाबालाई यो कुरा भन्नु पर्छ अहिल्यै
अनि बाले जुवा तास खेल्नु हुन्न कहिल्यै

बोलाएर बालाई मैले खबर पुर्‍याएँ
भन्दिनु भो बाबाले `त्यसो भएँ हुर्‍याएँ´

`नफाल्नु न तास त्यो, हुन दिनुस् मसँग´ 
मैले यसो भन्दा त, बा हुनु भो झसङ्ग

`किन यसो भन्दैछ मेरो सानो छोराले´
गाली पनि गर्नु भो चर्को चर्को स्वरले

`त्यसो हैन सुन्नु न, के गर्छु म हेर्नु है
अनि मलाई कार्बाही गर्नु परे गर्नु है´

मैले तास बटुलेँ  झिल्के घर बनाएँ
बाबा खुसी हुनु भो आफै पनि रमाएँ ।
      - भोर्लेटार, लमजुङ 
        (२०७७/०१/१३)

Photo Credit : Sharmila Karki

No comments:

Post a Comment