हरिप्रसाद फुयालको स्वदेश फर्क कविता - रचना चौतारी

Breaking

Powered By Blogger

May 12, 2020

हरिप्रसाद फुयालको स्वदेश फर्क कविता


स्वदेश फर्क (कविता)

हरिप्रसाद फुयाल

        (छन्द : प्रणामिका)

हिमाल नै हिमालको
सुशान्त देश उज्ज्वल
पहाड स्वच्छ टाकुरा
अनेक ताल सुन्दर ।।१


नदी बहन्छ शान्तले
सुसाइरन्छ वायुले
न शीत उष्ण देशमा
विकास गर्नु जोडले ।।२

विदेशको बसाइले
हुँदैन शान्ति देशमा
तसर्थ फर्क हे युवा
स्वदेशको विकासमा ।।३

बसौँ सबै मिली यहाँ
गरौं विकास विस्तृत
अभावको खडेरिमा
प्रभाव छर्नु सुन्दर ।।४

सबै  मिली अघि बढे
हुनेछ राष्ट्र उज्वल
स्वदेश फर्क हे युवा
भरेर जोश जाँगर ।।

       हाल : फिलोडोल्फिया, अमेरिका

No comments:

Post a Comment