बालकविता : चरीको रहर - रचना चौतारी

Breaking

Powered By Blogger

May 07, 2020

बालकविता : चरीको रहर

चरीको रहर !    (बालकविता)

रमेशचन्द्र घिमिरे 
घुमाउँदा नि भएन, 
तान्दा पनि भएन
बल् गरेर लात्तीले 
हान्दा पनि भएन

उदेक र अचम्म 
देख्छु थरिथरिको
रहर हो कि कर हो 
सानासाना चरीको

कठै बरा बिचरा 
तिर्खा मेट्छन् कसरी
पानी पिउनै नपाए 
नत्र जिउँछन् कसरी ?

आहाल बस्ने भ्यागुता 
आहालमै कराए
खडेरीले चुसेर 
मूल त्यसै हराए

यत्ति कुरा चरीले 
किन थाहा पाउँदैन ?
धारा मात्रै भएर 
पानी आफै आउँदैन ।
   

 - भोर्लेटार, लमजुङ  २०७६/०२/१६

No comments:

Post a Comment