सुशीलप्रसाद वाग्लेकाे कविता - रचना चौतारी

Breaking

Powered By Blogger

May 07, 2020

सुशीलप्रसाद वाग्लेकाे कविता

- सुशीलप्रसाद वाग्ले 

कविता : जीवनकाे जुवा खेल्नेहरू

जीवनको जुवा खेल्नेहरूले हारे भने
कोही उखु झै पेलिन्छन् कोही छोक्रामा जेलिन्छन्
कोही जेल पर्छन्
कोही बदलेर भेष/ मुडेर केश
सिमानाको नदी तर्छन्
कोही खेल खेलमै मर्छन्
जीवनको जुवा खेल्नेहरूले
तर जिते भने
मुसाबाट हात्ती बन्छन्
महत्वाकांक्षाले मदमत्त हात्तीन्छन्
महात्तीन्छन् मात्तिन्छन्
दु:खमा दिने साथ र साथी 
तिनका छाती लात्तिन्छन् अकासिन्छन्/बतासिन्छन् 
तर अन्त्यमा घृणाको इतिहासमा टाँसिन्छन् !!!

जीवनको जुवा खेल्नेहरूले
जिते भने
पानीको बग्ने बानी ध्वस्त पार्छन्
आगोको बल्ने बानी ध्वस्त पार्छन्
काट्न ठीक्क धान खेत जोत्छन्
इतिहासको धौलागिरीमा कालो पोत्छन्
सानाको ठूलाको बानी ध्वस्त पार्छन्
सानेको बानी ध्वस्त पार्छन्
साने बानी ध्वस्त पार्छन्
जीवनको जुवा खेल्नेहरूले
जिते भने
शानेबानी ध्वस्त पार्छन् ।

दमाैली, तनहुँ

No comments:

Post a Comment