कवि भानु ढुङ्गानाको गीतिकविता - रचना चौतारी

Breaking

Powered By Blogger

October 10, 2020

कवि भानु ढुङ्गानाको गीतिकविता

 भानु ढुङ्गाना

 हामी आफै बुझ्न सकौँ  


राईका पाइला परे अर्कै हुन्छ चाल
एमसिसीलाई पस्न दिए बन्छौँ हामी ढाल

नेपालको माया गरौँ एमसिसीलाई फालौँ
स्वाभिमान जोगाउन आफै कदम चालौँ

पराईको अड्डा बसे सकिनेछौँ हामी
नेपालमा नेपाली नै बसौँ शान्तिगामी

हाम्रो नेपाल जोगाउने आएको छ पालो
अमेरिकी अड्डा राख्न एमसिसीलाई चालो

सबै जाति जाग्नु पर्छ लाग्नु पर्छ रोक्न
नेपालको माटो पाटो स्वाभिमान बोक्न

बन्नु छैन आफ्नै देशमा विदेशीको दास
सिर्जनाको फूलबारी हो आफ्नै बनोस् खास

सानो बनी छिर्छ अनि ठूलो हुँदै खान्छ
भारतसँग हात मिलाई घेरा मिलाई बान्छ

पैसासँग राष्ट्रियता बिक्री गर्ने हैन
प्रकृतिको फूलबारी हो अरु काहीँ छैन

जलस्रोत थलस्रोत उर्बराको खानी
नेपालीलाई नेपाल हो जानौँ बनी ज्ञानी

हामीलाई दास पारी नमरेको राम्रो
सत्य कुरा यही नै हो नेपाल हो हाम्रो

नेतागण बुझ यति हाम्रो आवाज सुन
यो देश सकी मर्ने हैन मनमा कुरा बुन ।

       - हाल : क्यानेडा 

No comments:

Post a Comment