हाम्रो पाठशाला - रचना चौतारी

Breaking

Powered By Blogger

November 05, 2020

हाम्रो पाठशाला

-रमेशचन्द्र घिमिरे

 हाम्रो पाठशाला  बालकविता     
   

रमाएर पढ्छौँ जहाँ हामी लालाबाला
घरजस्तै रमाइलो हाम्रो पाठशाला 
गुरुआमा गुरुबाको माया पाउने ठाउँ
ज्ञानी बनी संसारमा फिँजाउँछौँ नाउँ
पहिलोपल्ट जहाँ बसी पढ्यौँ वर्णमाला
मन्दिर हो शिक्षाको यो हाम्रो पाठशाला
 
फुकाएर पुस्तकका पानापाना पढ्छौँ
कलम समाई अक्षरका हामी बीउ छर्छौँ
नौलो ज्ञान पाई बाल्छौँ चेतनाको ज्वाला
यही नै हो तिम्रो, मेरो, हाम्रो पाठशाला
 
नाच्छौँ गाउँछौँ साथीसँग खेल्छौँ मिलिजुली
कक्षाभित्रै रमाउँछौँ दुःखपिर भुली
पिउन पाऔँ विद्यारूपी अमृतको प्याला
आमाले झैँ माया दिने हाम्रो पाठशाला ।

                                No comments:

                                Post a Comment