केही दिन अझै पर्खौँ - रचना चौतारी

Breaking

Powered By Blogger

January 25, 2021

केही दिन अझै पर्खौँ



 केही दिन अझै पर्खौँ  (बालकविता)

टाढा थियौँ पहिले हामी नजिक हुँदै आयौँ
धेरैपछि स्कुलमा भेट्ने मौका पायौंँ


रोगव्याधि आउँदा रै’छन् कस्ता–कस्ता खाले
हामीलाई नि अत्यायो लौ पापी कोरोनाले
कान दुखिन्जेल मास्क लगाई हिँड्ने गर्थेँ मैले
हात मिलाउन डराउँथेँ साथीसँग पैले


कोरोनाको डरले सातो लिनुसम्म लियो
पाँच–छ महिना झ्याल–ढोका र घरै बन्द थियो
गाडी चल्न छोडेपछि सडक थियोे खुल्ला
सोच्ने गर्थेँ यो बाटोमा को हिँड्ला र डुल्ला ?


बिस्तार–बिस्तार जागिरेको काम सुरु भयो
सडकमा अहिले फेरि जाम सुरु भयो
बाटो खुल्यो, स्कुल खुल्यो, कलकारखाना खुले
कोरोना थ्यो भन्ने कुरा अहिले यिनले भुले


फेरि जात्रा सुरु भयो सुरु भयो मेला
दूरी कायम भन्ने गर्थे छैन यतिबेला
अँगालोमा बाँधिएर हिँड्छन् केटाकेटी
यही बेलामा हड्ताल गर्न आए टाढादेखि


यति साह्रै हेलचेक्य्राइँ नगरे भा हुने
नत्र फेरि रोगले च्यापी आउला दिन रुने
सफा हुँदा केही बिग्रन्न सेनिटाइजर छर्कौँ
महामारी लखेट्नु छ केही दिन अझै पर्खौँ ।

– भोर्लेटार, लमजुङ
2077/10/12



2 comments: