बालकविताः भित्ताको परेवा - रचना चौतारी

Breaking

Powered By Blogger

July 24, 2021

बालकविताः भित्ताको परेवा

भित्ताको परेवा (बालकविता)     रमेशचन्द्र घिमिरे

“नानी हेर कोठामा
कहाँ छ परेवा ?”

 खोजी गर्दा नानीले
फेला पारिनन्
खोजिन्, खोजिन्, खोजिरहिन्
हिम्मत हारिनन्

        “छैन आमा कोठामा
         छैन परेवा !”
 
“अझै हेर भित्तामा
छ कि परेवा ?”
 
भित्तामा’नि हुन्छ र ?
छक्क परिछन्
फोटो हो कि भनेर
शङ्का गरिछन्
 
        “छैन आमा भित्तामा
          छैन परेवा !”
 
“ हेर भित्ते पात्रोमा
होला परेवा ?”
 
मुन्तिर नि छैन ह्याँ 
छैन मास्तिर
न त अक्षर देखिन्छ
न त तस्बिर
 
            “छैन भित्ते पात्रोमा
             छैन परेवा !”
  
कुरा बुझाइन् आमाले
कानमा गएर
कुरा बुझिन् नानीले
थाहा पाएर
 
छक्क परी कराइन्
“लौ न अरे वा !
प्रतिपदा तिथि पो
रै’छ परेवा” 
                    भोर्लेटार लमजुङ
rcghimire47@gmail.com

No comments:

Post a Comment