बालकविताः स्कुल जाने बेला भयो

 
रमेशचन्द्र घिमिरे  
स्कुल जाने बेला भयो 
(बालकविता)
 
 

किताब राख्छु झोलाभित्र कापीकलम राख्छु
स्कुल जाने बेला भयो साथीलाई डाक्छु

सीता निस्किसकिन् होला, रीता जाँदै होलिन्
भान्छामै थिइन् अनिताचाहिँ भात खाँदै होलिन्
बिस्तार-बिस्तार झर्दै गर्छु, अब बाटो लाग्छु
स्कुल जाने बेला भयो साथीलाई डाक्छु

चौतारीमा कुरिराख्ने सल्लाह थ्यो हाम्रो 
सब‌ै साथी जुटेपछि हिँडिहाल्नु राम्राे
आफ‌ै ढिला भइने हो कि अल्लि छिटो भाग्छु
स्कुल जाने बेला भयो साथीलाई डाक्छु ।

   - भोर्लेटार, लमजुङ 

  

Post a Comment

0 Comments