राम्रो मान्छे बन्ने रेः बालकविता - रचना चौतारी

Breaking

Powered By Blogger

July 27, 2022

राम्रो मान्छे बन्ने रेः बालकविता

 



राम्रो मान्छे बन्ने रे (बालकविता) 

                     तेजप्रसाद खनाल

भन्नुहुन्छ सधैँ बाबाआमा अनि गुरूले

हेर साथी हामी त राम्रो मान्छे बन्ने रे

 

आफूभन्दा ठुलाको इज्जत मान गर्ने रे

सानालाई भने सधैँ माया ममताले भर्ने रे

 

ठुलो मान्छे भन्दा राम्रो मान्छे बन्ने रे

आफूभन्दा सानालाई सिकाउँदै भन्ने रे

 

इमानदार मेहनती लगनशील बन्ने रे

हेर साथी हामी त राम्रो मान्छे बन्ने रे

 

ठुलो भई समाज अनि देशको विकास गर्ने रे

हेर साथी असल बनी देश विकासले भर्ने रे

 

भ्रष्ट होइन इमानदार बन्नुपर्छ रे

राम्रो मान्छे बनेमा नामी भइन्छ रे

 

ठूलो भई समाज अनि देश विकास गर्ने रे

हेर साथी असल बनी देश विकासले भर्ने रे

 

अनुशासनको सधैँ हामी पालन गर्ने रे

हेर साथी हामी त राम्रो मान्छे बन्ने रे।

 

         

           लमही न. पा. ५ लमही दाङ।

No comments:

Post a Comment