अलार्म घडीलेः बालकविता)

 अलार्म घडीले (बालकविता)

रमेशचन्द्र घिमिरे

पैले-पैले उठाउँथ्यो टाइम चरीले
आजभोलि उठाउँछ अलार्म घडीले
`कुखुरी काँ´ सुनेर निद्रा भाग्दथ्यो
मस्तसँग सुतेको भाइ जाग्दछ्यो
कस्तो आयो जमाना भन्छ हरिले
उठाउँछ मोबाइलको अलार्म घडीले
उठाउनलाई यसले नलगाए कर
सुतिन्छ कि दिनैभर भन्ने हुन्छ डर
नउठाउनू तर्साई बाँसको छडीले
हामीलाई उठाउँछ अलार्म घडीले ।

----------------------
(टाइम चरी~कुखुराको भाले)
२०७९/०३/३१
भोर्लेटार, लमजुङ

Post a Comment

0 Comments