कुटाइ काण्डः लघुकथा - रचना चौतारी

Breaking

Powered By Blogger

September 27, 2023

कुटाइ काण्डः लघुकथा

 लघुकथाः कुटाइ काण्ड

          - रमेशचन्द्र घिमिरे

समाचारपत्रमा समाचार छ्याप्छयाप्ती छः 'डाक्टर कुटिए ।'

'बिरामीका आफन्तद्वारा डाक्टरमाथि निर्घात कुटपिट ...'

'वडाध्यक्षले नै डाक्टर कुटे ।'

डाक्टरहरूलाई सह्य भएन । बिरामीको उपचार गर्दा तलमाथि पर्‍यो भने डाक्टरमाथि नै हातपात हुने भएपछि डाक्टरहरूको सल्लाह भयो-'हामी कति सहने, न्याय र सुरक्षाका लागि हामी पनि आन्दोलन गरौँ ।'

  कुटाइ नखान डाक्टरको आन्दोलन, हड्ताल र नाराबाजी चलिरहेको थियो । त्यहाँ पनि डाक्टरहरू सुरक्षाकर्मीबाट कुटिए ।

---------------------------------------------------

२०८०-०६-०९ लमजुङ

 

 

No comments:

Post a Comment