कवि भानु ढुङ्गानाको नयाँ वर्ष - रचना चौतारी

Breaking

Powered By Blogger

April 20, 2020

कवि भानु ढुङ्गानाको नयाँ वर्ष

नयाँ वर्ष यस्तै भयो  (कविता)
भानु ढुङ्गाना, क्यानेडा

यसपालिको नयाँ वर्ष, खासै भएन ,
कोरोनाको चपेटाले, शान्ति दिएन ।


डराई - डराई मान्नु राम्रो, मजा लागेन
सारा संसार दु:खी हुँदा, मनले मागेन।

देश विदेश जतासुकै, कोरोनाको कुरा
दुष्ट रोग चाइनाबाट, सल्किएको पूरा।

यत्ति धेरै पशु-प्राणी, मार्ने गर्दा त्यहाँ ,
चमेरा र सर्पबाट, कोरोना सल्कियो जहाँ।।


हजाराैँको ज्यान गयो, लाखाैँ रोगाइ
कोरोनाले संसार हान्यो, परो भोगाइ ।

नेपालीको नयाँवर्ष,२०७७ को पालो,
खुसी बन्ने दिनहरू,दुष्ट रोगले टालो ।


आक्रान्त छ दुनियाँमा, कोरोनाले गर्दा
भोग्नुपरो यस्तो कष्ट, चिनले गल्ती गर्दा

हिंसा धेरै भए पछि, यस्तै हुन्छ भन्छन्
अनेक पशु मारी खाने, राक्षस् जस्तै छन् ।


प्रकृतिको विनाशले, पनि यस्तो भा´को
अत्यधिक भो प्रदूषण, यस्तो रोग  आ´को

रक्षा गराैँ प्रकृतिको, सबै मिलेर
नयाँ वर्ष फेरि पनि, आउँछ घुमेर।

No comments:

Post a Comment