कुबेर कुइकेलकाे कविता काेराेना - रचना चौतारी

Breaking

Powered By Blogger

April 28, 2020

कुबेर कुइकेलकाे कविता काेराेना

कोरोना    
कुबेर कुइकेल

छन्द - शार्दूलविक्रीडित  



गारो सूक्ष्म प्रजातिको असरले बीभत्स धर्ती भयो
चुत्थाे एक अदृष्य संक्रमणको भी वेगमा फैलियो
लाखौँ डाक्टर  वैद्य  औषध  सुई  टेर्दैन धुर्तै छ यो
धर्तीमा  भयको  भयंकर  हुरी  आँधी चलेझैँ भयो

सन्नाटा  दिन -रात  एक दुनियाँ ठूलो चुनाैती सबै
कोरोना ननिको किटाणु रणमा राजा न रैती कठै !
यात्रा रद्द  बजार  बन्द  जङमा  नीतिज्ञ नेता जुटे
लौ वैज्ञानिक वैद्य  देशहितमा मन्त्री सिपाही जुटे

नाका बन्द प्रकोप रोक्न बलले सेना मुखौटो भिरी

गोला बन्दुक हैन वैद्य दुनियाँ खोज्दै सिपाही सरी
बुट्टी सन्जिवनी तलास्न दुनियाँ विज्ञानको साथमा
धर्तीका  सरकार  जर्जर भए  लाखौँ चिता हातमा

राजा  रङ्क बिभेद  छैन सबमा जीवाणु सर्दै गयो

नाका देश बिदेश राज्य  घरमा सुन्ना मरे झैँ भयो!
आहारा अभिमानको अमनको  तन्द्रा खुले झैँ भयो
गोला बन्दुक  सैन्य जर्जर भए अंमृत गोली छ त्यो

रक्षा कोशिश ज्यानको कठिन भो भोका र नाङ्गा बडे

रक्षा   अर्थ   विभागमा  कठिनता   मन्दी  धरामा  चडे
सानो   कोशिश  विश्व  देशहितमा  खुट्टा  घरैमा  रहे
खाल्टो  मुर्ख  बनाउँछन्  सडकमा  आघात  यात्रा  गरे

उज्यालो  परबाट  निश्चय छिटै विज्ञानले छर्छ त्यो

कोरोना खल युद्धमा  सफलता विज्ञानले गर्छ त्यो
सन्नाटा  भयबाट  मुक्त  दुनियाँ  विज्ञानले गर्छ यो
आशा धैर्य समाल्न स्तब्ध जनमा विज्ञानले भन्छ यो

                                       कुबेर कुईकेल भुवानेटारे।
                  माछाचुसेट अमेरीका

No comments:

Post a Comment