बादल हो कि खरायो

 बादल हो कि खरायो  (बालकविता)  

रमेशचन्द्र घिमिरे

    - रमेशचन्द्र घिमिरे

एकैछिनमा देखियो 
एकैछिनमा हरायो

आकाशमा उडेको 

बादल हो कि खरायो 


गड्याङगुडुङ गरेर
सातो लिँदै करायो
हावासँगै रमाउने
बादल हो कि खरायो


पसारेर पुच्छर 

ठाडो कान गरायो 

चुच्चो चुच्चो थुतुनो

बादल हो कि खरायो


कहिले हात्ती बन्दछ

कहिले बन्छ जरायो 

अहिले हेर के बन्यो ?

बादल हो कि खरायो ।

     - भोर्लेटार, लमजुङ 

  (२०७७/०५/०९)

Post a Comment

0 Comments