 |
गोविन्दबहादुर कुँवर |
खाजा (बालकविता)
ए दिदी
भाेक लाग्याे !
"के खान्छाै ?"
खट्टे सिरम्ला
तिम्ले लाकाे गुन
पछि तिरम्ला
"छैन सिरम्ला
भाेलि बनाम्ला
आज मकै खाऊ
फुल उठेकाे"
अचार केकाे ?
"काँचाे मूलाकाे "
चाउचाउ भन्दा
मकै मीठाे भाे
दुनाेटभन्दा
राेटी काेदाकाे
"कि त वनाऊ
गिलाे राेटी"
कि त खान्छु
चिउरा तर्कारी
बजारकाे
खान्न खाजा
"कति जाती छाै
मेराे राजा"
•••••
- भोटेओडार, लमजुङ
0 Comments