भयो सिउ-सिउ - रचना चौतारी

Breaking

Powered By Blogger

December 22, 2020

भयो सिउ-सिउ

रमेशचन्द्र घिमिरे  
भयो सिउ-सिउ   

     लेकैसम्म आइसक्यो
हिमालको हिउँ
न्यानो-न्यानो लुगा लगाऊँ
भयो सिउ-सिउ
 
मक्कलमा आगो तापी
तातो पानी पिऊ
कठ्याङ्ग्रिदो जाडो आयो
भयो सिउ-सिउ
 
तातो दालमा झान्नुस् आमा
जिम्बुसँग घिउ
यो जाडाले गर्नु गर्‍यो
भयो सिउ-सिउ
 
पुस-माघमा झनै साह्रो
काँप्छ होला जिउ
मङ्सिरमै यति जाडो
भयो सिउ-सिउ ।

 
 


No comments:

Post a Comment