बाल कविता: भ्यागुताको बिहे - रचना चौतारी

Breaking

Powered By Blogger

June 08, 2021

बाल कविता: भ्यागुताको बिहे

बूँद राना
भ्यागुताको बिहे  (बाल कविता)
असारको मैह्नामा भ्यागुताको बिहे
छेपारो थ्यो भत्खरु मुसा जन्ती थिए ।
बाजागाजा तालमा थिए झ्याउँकिरी
चिसो हावा पूर्बको चल्यो सिरिरिरी ।

हावा पछि दगुर्दै आयो बादल कालो गड्याङ्गुडुङ् ढोल र मादल ठोक्न थालो । बिना तेल बातीको राँके बत्ती बाली घरीघरी बिजुली चम्की नाच्न थाली । त्यो बिहेमा हुँदैथ्यो ठूलै तामझाम बेहुलाको सुनौ है पाहा थियो नाम । मनमनै अति नै रमाएथ्यो पाहा पछि हुने केहो त्यो थिएन नि थाहा । खडेरीको अचाक्ली चुरिफुरी हर्न धर्ती थियो तातेको थाल्यो पानी पर्न । ठूलो दर्के पानीमा नसकेर रुझ्न जन्ती मुसा पसेछन् दुलो भित्र लुक्न । बिना जन्ती बेहुलो रमाएकै थियो भन्दै थियो -"बर्खाले ठूलो साथ दियो । भरिएछन् सुकेका पोखरी र कुलो मेरा लागि बर्खाकै उपहार ठूलो । बिहे जाबो बाँचेमा गर्दै गरे हुन्छ पानी बिना धर्तीमा बाँच्न सक्ने कुन् छ ?" यति भन्दै छलाङ पोखरीमा लायो कठैबरा छेपारो रुझ्दै बर्बरायो - "आऊ सबैजना लौ मेरो कुरा सुन्न भ्यागुताको बिहेमा भत्खरु म हुन्न ! "

No comments:

Post a Comment