बालकविताः थैली मेरो सुर्के - रचना चौतारी

Breaking

Powered By Blogger

August 25, 2021

बालकविताः थैली मेरो सुर्के

 थैली मेरो सुर्के: बालकविता

डोरी फुर्के फुर्के
थैली मेरो सुर्के
खाएपछि टम्म
अघाएर डम्म
खोपे दराजमा
बस्यो गजधम्म
हिजोभन्दा आज
भयो पुड्के पुड्के
डोरी फुर्के फुर्के
थैली मेरो सुर्के
तन्काएर छाला
च्यातिँदा´नि गाला
पैसा पाएपछि
हाँस्ने यसको चाला
दायाँबायाँ आहा !
लामा जुँगा लुर्के
डोरी फुर्के फुर्के
थैली मेरो सुर्के ।
•••••••
२०७८/०५/०८
तस्बिर सौजन्य: Shubheksha/Suchana

No comments:

Post a Comment