प्रकाश आचार्यकाे बालकविता आमा यता आइदिनू - रचना चौतारी

Breaking

Powered By Blogger

April 28, 2020

प्रकाश आचार्यकाे बालकविता आमा यता आइदिनू

 प्रकाश आचार्य  "भावुक"(प्रभा)

आमा यता आइदिनू

बाल कविता 

   
हिउँ जस्ती गाेरी छु
सानी प्यारी छाेरी छु !
आमा यता आइदिनू
गुनिउँ चाेली लाइदिनू !!

सानाे सानाे कपाल छ
अब कस्ले सम्हाल्छ !
आमा यता आइदिनू
बाटी धागाे लाइदिनू !!

अनार झैँ दाँत छन्
खुसी भई हाँस्दछन् !
आमा यता आइदिनू
टिकी पनि लाइदिनू !!

डाँफे जस्तै गरेर
आएँ खुसी भरेर !
आमा यता आइदिनू
गुँरास टिपी लाइदिनू !!

नाच्छु अब मयुरझैँ
हुँ नेपाली छाेरी मैँ !
आमा यता आइदिनू
देशकाे गीत गाइदिनू !!
      - दिक्तेल रु.म.खाेटाङ्ग
       आचार्यनगरी माझाघर 

3 comments: